Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली नागरिकहरूलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने भएको छ । हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालबाट हङकङ जाने नेपाली राहदानीधारी बाहक यात्रुहरूका लागि ट्रान्जिट भिसा आवश्यक नहुने व्यवस्था लागू गरिएको जानकारी दिइएको छ।
विज्ञप्ति अनुसार, हङकङ सरकारको विशेष प्रशासनिक क्षेत्रका कारण यस वर्ष नोभेम्बर १५ देखि लागू हुने नियमअनुसार नेपाली राहदानीधारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्य मुलुकको यात्रा गर्दा ट्रान्जिट भिसा लिन आवश्यक नपर्ने भएको छ ।
यसअघि, २००५ देखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्दा नेपाली नागरिकले भिसा लिनुपर्ने नियम लागू थियो । तर, हङकङ सरकारले यस प्रावधान हटाउँदा नेपाली राहदानीधारीलाई यात्रा सहज हुने विश्वास व्यक्त गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij