Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

मोरङमा प्रहरी कार्यालयमा आगजनी तोडफोड र लुटपाट गर्ने २१ जना पक्राउ

मोरङमा प्रहरी कार्यालयमा आगजनी तोडफोड र लुटपाट गर्ने २१ जना पक्राउ

  • काठमाडौं । आन्दोलनका क्रममा मोरङका विभिन्न प्रहरी कार्यालयमा आगजनी तोडफोड र लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा मोरङको विभिन्न स्थानमा रहेका प्ररहरीक कार्यालयमा आक्रमण भएको थियो । सो घटनामा सम्लग्नलाई प्रमाणका आधारमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीले उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ गरेको छ । यस्तै पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

    यस्तै विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरीले सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij