Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो । आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij