Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

साउदीमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटनापछि आगलागी

साउदीमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटनापछि आगलागी

  • काठमाडौं । साउदी अरेबियामा भारतीय तीर्थयात्रीहरू बोकेको बस दुर्घटनामा परेको छ । साउदी अरेबियाको जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले दुर्घटनाको पुष्टि गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मिडिया रिपोर्टका अनुसार, दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ । तीर्थयात्री भारतको हैदरावादका भएको बताइएको छ ।

    AGNI GROUP

    तेलङ्गाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै हेल्पलाइन केन्द्र स्थापना गरेको जानकारी दिएका छन् ।

    साउदीस्थित भारतीय महावाणिज्य दूतावासले साउदी अरेबियाको मदीना नजिकै भारतीय तीर्थयात्रीहरू सवार बस दुर्घटना भएको र सो दुर्घटनालाई ध्यानमा राख्दै जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासमा नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिएको छ ।

    प्रारम्भिक जानकारीअनुसार, मक्काबाट मदीना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगलागी भएको बताइएको छ । दुर्घटनामा ११ महिला र १० बालबालिकासमेत परेको गल्फ न्यूजले उल्लेख गरेको छ । दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij