Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

  • काठमाडौं । चीनले बुधबार ‘लङ मार्च–२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार दिउँसो १२ः०१ बजे उडान भरिएको थियो । यसले शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी नामक उपग्रहहरू निर्धारित कक्षमा पु¥याएको छ ।

    AGNI GROUP

    शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहहरूको समूह हो, जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण–प्रमाणीकरण गर्नु हो । यी तीनै उपग्रहहरू समन्वित रूपमा काम गर्ने गरी डिजाइन गरिएको छ ।

    यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष वातावरण अनुसन्धान र सम्बन्धित प्रविधि परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यो उडान लङ मार्च शृङ्खलाको ६०८औं प्रक्षेपण मिशन हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij