Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिमरामा आजको प्रदर्शन स्थगित

सिमरामा आजको प्रदर्शन स्थगित

  • काठमाडौं । बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको आजको प्रदर्शन स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको प्रदर्शन स्थगित गरिएको छ । प्रदर्शन स्थगित भएसँगै अवरुद्ध भएका सडक सुचारु भएका छन् । 

    AGNI GROUP

    जेनजी युवाहरुले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताएका छन् । जेनजी युवाहरुले शुक्रबार प्रशासनसँग वार्ता गर्ने भएका छन् । 

    आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए । सो क्रममा प्रहरी हवाई फायरसमेत गरेको थियो । 

    बुधबार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो । त्यसपछि सिमरा अशान्त बनेको छ ।

    प्रशासनले आज दिउसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij