Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीको सचिवालयको स्पष्टीकरणः ‘नियुक्ति विवादमा भ्रम फैलाइयो’

प्रधानमन्त्री कार्कीको सचिवालयको स्पष्टीकरणः ‘नियुक्ति विवादमा भ्रम फैलाइयो’

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हाल उत्पन्न कर्मचारी नियुक्ति विवादबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठप्रति लगाइएको आरोप निराधार रहेको बताइएको छ ।

    AGNI GROUP

    विज्ञप्तिअनुसार प्रमुख स्वकीय सचिव श्रेष्ठ ‘विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति’ रहेको र प्रधानमन्त्रीले आफ्नो विश्वासको आधारमा उनलाई पदमा राखेको स्पष्ट गरिएको छ ।

    जेन–जी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै आएको भन्दै प्रेस संयोजक रावलले प्रधानमन्त्री कार्कीको काम शैली नै त्यही सिद्धान्तअनुसार रहेको दाबी गरेका छन् ।

    परिवारिक कारणले विश्वासिलो व्यक्ति छानिएको दाबी

    प्रधानमन्त्री कार्कीले उच्च पदका स्वकीय जिम्मेवारीका लागि आफूले भरोसा गर्ने व्यक्तिलाई छान्न सक्ने अधिकार रहेको विज्ञप्तिमा उल्लेख छ ।

    रावलका अनुसार, “प्रधानमन्त्रीज्यूको परिवारमा श्रीमान् मात्र हुनुहुन्छ र उहाँहरूको वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गर्नुभएको हो,” भनेर प्रमुख स्वकीय सचिव श्रेष्ठको नियुक्ति औचित्यसहित प्रस्तुत गरिएको छ ।

    नातेदारीका आरोप निराधार

    हाल प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरह सेवा–सुविधा पाउने गरी असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गरेको विषय सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । त्यससँगै अन्य नातेदारलाई पनि सचिवालयमा प्रवेश गराएको आरोप लगाइएको छ ।

    तर प्रेस संयोजक रावलले यी सबै आरोप खारेज गर्दै थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदारको आरोप जथाभावी प्रक्षेपण गरिएको दाबी गरेका छन् । उनले यस्तो ‘लाञ्छना नलगाउन’ आग्रह पनि गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij