Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध जडिबुटी तथा नगदसहित चिनियाँ पक्राउ

अवैध जडिबुटी तथा नगदसहित चिनियाँ पक्राउ

  • काठमाडौं । अवैध जडिबुटी तथा २० लाख नगदसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार काठमाडौं महानगरपालिका १६ नयाँबजार एरियाबाट काठमाडौं महानगरपालिका नयाँबजार बस्ने ३६ वर्षीया नबिला वानु र सोही वडामा बसोबास गर्ने ३७ वर्षीय चिनिया नागरिक मा मासुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनीहरूको साथबाट यार्सागुम्बा ९ किलो, वन-लसुन, गुच्ची च्याउ जस्ता देखिने वस्तु, तौल गर्ने मेसिन, क्यालकुलेटर र विभिन्न किसिमका मोबाइल ३ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

    उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको कार्यालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij