Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ह्वाइट हाउस नजिकै गोली चल्दा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते

ह्वाइट हाउस नजिकै गोली चल्दा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते

  • काठमाडौँ । अमेरिकाको वासिङ्टन, डीसीमा गोलीबारी भएको छ, जसमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएका छन् । एफबीआई निर्देशक काश पटेलले यो घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अधिकारीहरूका अनुसार, आक्रमणकारीले राष्ट्रिय गार्ड सदस्यहरूमाथि गोली चलाएको थियो। घटना ह्वाइट हाउस नजिकै भएको थियो ।

    AGNI GROUP

    सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगान नागरिक रहमानउल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए ।

    भिडन्तको क्रममा संदिग्ध पनि घाइते भएका थिए र उनलाई अस्पताल लगिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध गम्भीर घाइते भएको बताएका छन् ।

    अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार, राष्ट्रपति ट्रम्पले आक्रमणपछि वाशिङ्टन, डीसीमा ५०० थप राष्ट्रिय गार्ड सदस्यहरू तैनाथ गर्ने आदेश दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij