Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    AGNI GROUP

    आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ७.७८ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड १७ लाखको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १६ करोड ३६ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij