Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल-भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

नेपाल-भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

  • काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल-भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।

    AGNI GROUP

    अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ-शासन (ई-गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् ।

    डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४-२०३४ को लक्ष्यलाई भारतको डिजिटल पब्लिक इन्फ्रास्टक्चर (डिपिआइ) सँग जोडेर दुवै देशबीच सुरक्षित, दिगो र नवप्रवर्तन-केन्द्रित वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ ।

    यसमा क्रस-बोर्डर फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप र प्रमाणपत्र विनिमय, साइबर सुरक्षा साझेदारी, एआई तथा अनुसन्धान सहयोग, डिजिटल पूर्वाधार विस्तार र नीतिगत समायोजनजस्ता सात प्रमुख आधारस्तम्भ समावेश छन् ।

    अधिकारीका अनुसार, डिजिटल कोरिडोर प्राविधिक परियोजना मात्र नभई साझा आर्थिक दृष्टि हो। जसले नेपाललाई विश्वस्तरको सफ्टवेयर तथा आउटसोर्सिङ हब बनाउन मद्दत गर्नेछ ।

    क्यान फेडरेसनले यस कोरिडोरले नेपालमा १५ लाख आइटी रोजगारी सिर्जना गर्ने र तीन अर्ब अमेरिकी डलर बराबरको आइटी सेवा निर्यात लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ ।

    सन् १९९२ मा स्थापित क्यान फेडरेसन नेपालभरका प्रदेश, जिल्ला, उद्योग, पेशेवर तथा विद्यार्थीहरूलाई समेट्ने सबैभन्दा ठूलो आइसिटि संगठन हो, जसले नेपालका प्रमुख डिजिटल परिवर्तन परियोजनाहरूमा नेतृत्व गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij