Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij