Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

  • काठमाडौं । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

    AGNI GROUP

    महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।

    कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij