Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

  • काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा  पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट  २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट  १० अर्ब १० करोड राजस्व उठाएको छ । 

    onlinepatrika
    Arghakhachi

    कार्यालयले चालु आवको चार महिनामा  फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड,  कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व संकलन गरेको छ । 

    AGNI GROUP

    इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड राजस्व संकलन गरेको छ । 

    चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij