Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकिङ प्रणालीबाट फेरि ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

  • काठमाडौं । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २८ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

    AGNI GROUP

    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ ।

    निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij