Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाजुरामा ७ मतदानस्थल थपिए

बाजुरामा ७ मतदानस्थल थपिए

  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् । 

    AGNI GROUP

     जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको बताए । 

    यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन आधारभूत विद्यालयक्यिुरी र वडा नम्बर ६ खोलीकोट आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गरिएको छ ।

    चार गाउँपालिका र पाँच नगरपालिका रहेको बाजुरामा  मतदाता सङ्ख्या ८६ हजार ५५७ पुगेको छ । यी मध्ये एक हजार ५१६ जना हालसालै थपिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij