Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

असिम मुनीर पाकिस्तानको पहिलो रक्षा बल प्रमुख नियुक्त

असिम मुनीर पाकिस्तानको पहिलो रक्षा बल प्रमुख नियुक्त

  • काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले फिल्ड मार्शल असिम मुनीरलाई देशको पहिलो रक्षा बल प्रमुख नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री शाहबाज शरीफले फिल्ड मार्शल असिम मुनीरको नियुक्तिको बारेमा राष्ट्रपतिलाई गरेको सिफरिसको आधारमा राष्ट्रपति जारदारीले नियुक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ । दुवै पदमा असिम मुनीरको कार्यकाल पाँच वर्षको हुनेछ । असिम मुनीरले २०३० सम्म दुवै पदमा रहनेछन् ।

    AGNI GROUP

    यसबाहेक, राष्ट्रपति जरदारीले वायुसेना प्रमुख एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुको कार्यकाल दुई वर्षको लागि बढाउने प्रस्तावलाई अनुमोदन गरेका छन् ।

    पाकिस्तानमा कानुन संशोधन गरेर संघीय रक्षा बल बनाउने व्यवस्था गरिएको थियो । संघीय सरकारले रक्षा बल प्रमुखको सिफारिसमा जारी गरिएको लिखित आदेश अन्तर्गत सेना प्रमुखको शक्ति प्रयोग गर्न उप–प्रधान सेनापति वा उप–प्रधान सेनापतिलाई अधिकार दिन सक्ने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij