Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले भेट गरेकी छन् । भण्डारीले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेकी थिइन् । दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी हाल नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै आइरहेकी छन् ।
कार्की प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री कार्की र भण्डारीबिच पहिलोपटक भेट भएको हो । भेटका क्रममा समसामयिक राजनीतिकका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij