Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समुदायबीच झडप, इन्टरनेट बन्द

समुदायबीच झडप, इन्टरनेट बन्द

  • काठमाडौँ । भारतको ओडिशा मलकानगिरी जिल्लामा दुई समुदायबीच भएको हिंसाका कारण तनाव भएको छ । दुई आदिबासी समुहबीच झडप भएपछि मंगलबार साँझ ६ बजेसम्म इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार महिलाको विकृत शव फेला परेपछि दुई गाउँबीच तनाव उत्पन्न भएको थियो । हाल एमभी–२६ र राखेलगुडा गाउँबीच तनाव कायमै छ ।

    AGNI GROUP

    राखेलगुडा गाउँकी एक महिला गत हप्ता बेपत्ता भएकी थिइन् । डिसेम्बर ४ मा उनको शव नजिकैको नदीको किनारमा फेला परेको थियो । प्रहरी अनुसन्धान टोली र कुकुर टोलीले महिलाको शवको अन्य भागहरू खोजिरहेका छन् ।

    प्रहरीले महिलाको हत्या घटनामा एक अभियुक्तलाई पक्राउ गरेको छ । स्थानीयहरूले परम्परागत हतियारसहित धेरै ठाउँमा विरोध प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीहरूले केही घरहरूमा तोडफोड र आगजनी गरेका थिए ।

    ओडिशा गृह विभागद्वारा जारी आदेशमा असामाजिक तत्वहरूले परिस्थितिको फाइदा उठाउन र गलत सूचना फैलाउनबाट रोक्न इन्टरनेट सेवाहरू निलम्बन गरिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij