Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सोमबारदेखि मंगलबार रातभरि लडाइँ जारी रह्यो । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार, थाई सेनाले सोमबार र मंगलबार मध्यरातपछि सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोलीबारी सुरु गरेको थियो ।
कम्बोडियाको रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको जनाएको छ ।
सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएपछि दुई देशबीचको पछिल्लो झडपमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जुलाईमा युद्धविराम भएयता दुई देशबीच भएको सबैभन्दा गम्भीर टकराव पछिल्लो झडपको लागि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij