Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij