Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वर्ल्ड चेस च्याम्पियनसिपमा भाग लिने दाहाल र फुयाललाई प्रधानमन्त्री कार्कीको शुभकामना

वर्ल्ड चेस च्याम्पियनसिपमा भाग लिने दाहाल र फुयाललाई प्रधानमन्त्री कार्कीको शुभकामना

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग निवास बालुवाटारमा भएको भेटमा खेलाडीहरुलाई शुभकामना दिएकी हुन् । 'अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ,' प्रधानमन्त्री कार्कीले भनिन् । 

    AGNI GROUP

    खेलाडीद्वय दाहाल र फुयालले ६ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । र्‍यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो। यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij