Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रीलंकाका पुर्व क्रिकेट कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचारको आरोप

श्रीलंकाका पुर्व क्रिकेट कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचारको आरोप

  • काठमाडौँ । श्रीलंकाको १९९६ क्रिकेट विश्वकप विजेता टोलीका कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचार र घुसखोरीको मुद्दामा पक्राउ गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    घूसखोरी र भ्रष्टाचारको आरोपको अनुसन्धान गर्न गठित आयोगले रणतुंगालाई पक्राउ गर्न अदालतलाई जानकारी गराएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    आयोगले कोलम्बो मजिस्ट्रेट अदालतलाई जानकारी गराउदै पूर्व पेट्रोलियम मन्त्री अर्जुना रणतुंगालाई यस मुद्दामा शंकास्पद व्यक्तिको रूपमा पक्राउ गरी अदालतमा पेश गरिने बताएको हो ।

    आयोगले अर्जुना रणतुंगाका भाई धम्मिका रणतुंगालाई यस प्रकरणमा पहिलो आरोपी र उनलाई दोस्रो आरोपीको रुपमा पेश गर्ने श्रीलंकाको डेली मिररले उल्लेख गरेको छ । धम्मिका रणतुंगामाथि २०१७-२०१८ को अवधिमा इन्धन खरिदका लागि तीनवटा दीर्घकालीन टेन्डरहरू रद्द गरेको र उच्च मूल्यमा स्थानीय टेन्डरहरू लागू गरेको आरोप छ ।

    यस कारणले गर्दा, सिलोन पेट्रोलियम कर्पोरेशनले लगभग ८० करोड श्रीलंकन ​​रुपैयाँको नोक्सान बेहोरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij