Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो ।
भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij