Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्पा र गेस्टहाउसबाट ८ बालिकाको उद्धार

स्पा र गेस्टहाउसबाट ८ बालिकाको उद्धार

  • काठमाडौं । स्पा र गेस्टहाउसबाट आठ बालिकाको उद्धार गरिएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं स्पा, गेस्टहाउसहरूबाट विभिन्न मितिमा आठ जना बालिकाहरूको उद्धार गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उद्दार गरिएका बालिकाहरूलाई सुरक्षित आवासका लागि विभिन्न सेल्टर हाउसमा राखिएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।खाजाघर, गेस्टहाउस, स्पाहरूमा बालिकालाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो ।

    AGNI GROUP

    सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एन्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट आठ नाबालिकाको उद्धार गरिएको एसएसपी पंगेनीले बताए ।

    यसका साथै नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

    जसमा सिन्धुलीको दूधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बूढानीलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् ।

    उनीहरूलाई हिरासतमा राखेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij