Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रिय ट्रमा सेन्टर

मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालद्वारा राजीनामा

मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालद्वारा राजीनामा

नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उनले ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएका हुन् ।

  • काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उनले ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई राजीनामा पत्र बुझाएको डा. रिजालले बताए । ‘पेशागत मर्यादा र निष्पक्षता कायम गर्नका लागि मेडिकल सुपरिटेन्डेन्टको पदबाट राजीनामा दिएको हुँ’ डा. रिजालले अनलाइनखबरसँग भने ।

    AGNI GROUP

    संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने भएकाले राजीनामा दिएको उनको भनाइ छ । अघिल्लो वर्ष मंसिरमा सेन्टरको जिम्मेवारी समालेपछि डा. रिजालले आपतकालीन सेवाको सुदृढीकरण, बेड थप, दुरदराजबाट आएका बिरामीलाई सेवा प्रवाहमा प्रभावकारी बनाउने प्रयास गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij