Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुसको राजधानी मस्कोमा विस्फोट, सेनाका जनरलको मृत्यु

रुसको राजधानी मस्कोमा विस्फोट, सेनाका जनरलको मृत्यु

  • काठमाडौँ । रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना प्रमुखको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ ।

    AGNI GROUP

    समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए । यस विषयमा अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा युक्रेनी गुप्तचर निकायहरूको संलग्नताको पनि अनुसन्धान भइरहेको बताइएको छ । विस्फोट बारे युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij