Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राजधानीका दुई उद्योगलाई जरिवाना

राजधानीका दुई उद्योगलाई जरिवाना

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ ।
    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

    onlinepatrika
    Arghakhachi

    उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ ।
    सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एण्ड चाट हाउस काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज र आई क्याफे रेष्टुरेन्ट एण्ड बार टोखालाई रु ५० हजारको दरले जरिवाना गरेको हो ।

    AGNI GROUP

    त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारवाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij