Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । लिबियाका प्रधानमन्त्रीले देशका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन्।
मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको ‘फाल्कन ५०’ विमान दुर्घटनामा परेको हो। उक्त विमानमा सेना प्रमुख हद्दादसँगै अन्य चार जना सवार थिए।
टर्कीका गृहमन्त्री अली येरलिकायले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिए अनुसार, उक्त बिजनेस जेटको सम्पर्क स्थानीय समय अनुसार राति ८:५२ बजे टुटेको थियो। विमानले अंकारा विमानस्थलबाट उडान भरेको ४२ मिनेटपछि राडारसँगको सम्पर्क गुमाएको थियो।
लिबियाको राजधानी त्रिपोलीतर्फ जाँदै गरेको उक्त विमानले सम्पर्क टुट्नुअघि इमर्जेन्सी ल्यान्डिङका लागि अनुरोध गरेको थियो। विमानको भग्नावशेष अंकाराको दक्षिण-पश्चिम क्षेत्रमा फेला परेको छ।
अहिले यस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij