Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इराकमा विद्युत् उत्पादनमा ठुलो गिरावट, ग्यास आपूर्ति स्थगित

इराकमा विद्युत् उत्पादनमा ठुलो गिरावट, ग्यास आपूर्ति स्थगित

  • काठमाडाैँ । इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा स्थगन गरेपछि इराकमा चार हजार पाँच सय मेगावाटसम्म विद्युत् उत्पादन घटेको इराकी विद्युत् मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ग्यास अभावका कारण उत्पन्न सङ्कटलाई न्यूनीकरण गर्न इराकी विद्युत् मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन प्रयोग गरेर अधिकांश विद्युत् केन्द्र सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    दशकौँदेखि द्वन्द्व र अस्थिरताका कारण दीर्घकालीन विद्युत् अभाव भोग्दै आएको इराक विद्युत् उत्पादनका लागि विशेष गरी गर्मी याममा इरानी ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ ।

    तर प्राविधिक समस्या, मर्मतसम्भार तथा भुक्तानीसम्बन्धी विवादका कारण ग्यास आपूर्ति बारम्बार अवरुद्ध हुने गरेको छ, जसका कारण देशका विभिन्न भागमा पटक–पटक विद्युत् कटौती हुँदै आएको छ ।

    सन् दुई हजार अठारदेखि संयुक्त राज्य अमेरिकाले इराकलाई इरानबाट ग्यास आयात गर्न प्रतिबन्ध छुट दिँदै आएको भए पनि यस वर्ष मार्चमा उक्त नीतिमा कडाइ गरिएको थियो ।

    त्यस क्रममा इरानबाट सिधै विद्युत् आयात गर्न दिइएको अनुमति हटाइए पनि ग्यास आयातसम्बन्धी छुट भने कायम राखिएको मन्त्रालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij