Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अन्तरिम सरकारका गृहमन्त्रीले दिए राजीनामा

अन्तरिम सरकारका गृहमन्त्रीले दिए राजीनामा

  • काठमाडौं । बंगलादेशमा आम चुनाव अगाडि अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक खुदा बख्श चौधरीले राजीनामा दिएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायकले बिहीबार राजीनामा बुझाएको डेली स्टारले उल्लेख गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनाव अघि कानून व्यवस्थाको व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका चौधरीले राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    जुलाई विद्रोह पछि, नोभेम्बर १०, २०२४ मा खुदा बख्शले अन्तरिम सरकारको विशेष सहायकको पद ग्रहण गरेका थिए । चौधरीले देशमा कानून प्रवर्तन एजेन्सीहरू, विशेष गरी प्रहरी भित्र मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्न नसकेको आरोप लगाइदै आएको थियो ।

    उनी पूर्व प्रहरी महानिरीक्षक थिए र उनले बलियो र निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएपनि त्यसो गर्न नसके पछि पद छोडेको बताइएको छ । अन्तरिम सरकारमा गृह मन्त्रालय सम्हालेका चौधरीले हालैका महिनाहरूमा भएका घटनाहरूका कारण सार्वजनिक सुरक्षाको बारेमा बढ्दो चिन्ताका बीचमा राजीनामा दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij