Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तीन दिनमा ५६ फर्ममा वाणिज्य विभागको अनुगमन, ७ लाई जरिबाना

तीन दिनमा ५६ फर्ममा वाणिज्य विभागको अनुगमन, ७ लाई जरिबाना

  •  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।

    AGNI GROUP

    मंगलबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१४ को थाकखोला थकाली भान्साघरलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–१ को इन्द्रेणाी फुड वर्ल्ड एन्ड ब्यांक्वेट प्रालिलाई २० हजार रुपैयाँ र काठमाडौं–१३ को पाकशाला प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

    यसैगरी बुधबार काठमाडौं–९ सिनामंगलको ऊँ आमाको भान्साघरलाई १० हजार रुपैयाँ र काठमाडौं–९ गौरीगाउँको लेकाली किचेन एन्ड कटिया हाउसलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

    यस अवधिमा विभागले अनुगमन गरेकामध्ये ४९ फर्मलाई सामान्य निर्देशन मात्रै दिएको छ ।

    शुक्रबार विभागको अनुगमन टोलीले ललितपुर–१० को जुली बेक एन्ड पेस्ट्रीलाई ५ हजार र काठमाडौं–३२ जडीबुटीको जिरी खिम्ती होटल रेस्टुरेन्टलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

    पछिल्लो समय विभागले  दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij