Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तराईका धेरै स्थानमा हुस्सु, अन्य स्थानमा कस्तोे होला मौसम ?

तराईका धेरै स्थानमा हुस्सु, अन्य स्थानमा कस्तोे होला मौसम ?

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    AGNI GROUP

    त्यस्तै देशका तराई भू–भागमा हुस्सु–कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको विभागले जानकारी दिएको छ ।

    त्यसैगरी आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij