Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विभागद्वारा २ वटा फर्ममालाई जरिवाना, १५ लाई निर्देशन

विभागद्वारा २ वटा फर्ममालाई जरिवाना, १५ लाई निर्देशन

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई १५ हजार जरिवाना गरेको छ ।

    AGNI GROUP

    उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

    अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ ।

    स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij