Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । चीनले ताइवान वरिपरि सैन्य अभ्यास सुरु गरेको छ, जसमा नाकाबन्दी जस्तो अवस्थाको अभ्यास भइरहेको छ । चीनले यी अभ्यासहरू ‘पृथकतावादी शक्तिहरू’ लाई चेतावनी दिनको लागि भएको बताएको छ।
चिनियाँ सेनाका अनुसार यी अभ्यासहरूका लागि सेना, नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरिएको छ जसमा प्रत्यक्ष अग्नि अभ्यास पनि समावेश छ। यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब डलरको हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि नै यी अभ्यासहरू भइरहेका छन्। चीनले अमेरिकाको यो निर्णयको कडा विरोध गरेको थियो र प्रतिक्रियामा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
यस वर्ष ताइवानले आफ्नो रक्षा तयारीलाई अझ बलियो बनाउने प्रयास गरेकोमा चीन पनि रिसाएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने अर्कोतर्फ ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij