Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको उत्तराखंडमा बस दुर्घटना

भारतको उत्तराखंडमा बस दुर्घटना

७ जनाको मृत्यु

  • काठमाडौं । भारतको उत्तराखंडको अल्मोडा जिल्लामा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिलासहित १२ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भारतीय सञ्चार माध्यमका अनुसार प्रहरी प्रशासन घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ।

    AGNI GROUP

    अल्मोडाको भिकियासेन इलाकामा पर्ने शिलापानीमा बस दुर्घटना भएको हो । बस भीरबाट खसेको थियो । अधिकारीका अनुसार बसमा १९ जना यात्रु सवार थिए । चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा ५ पुरुष र दुई महिला रहेका छन् । उनीहरु सबैको सनाखत भइसकेको भारतीय सञ्चार माध्यम अमरउजालाले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल अकाउन्ट पीएमओ एक्स पोस्टमा दुर्घटनाप्रति दु:ख व्यक्त गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij