Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ११ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले घटेको हो । अघिल्लो दिन ४५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय २० रुपैयाँले घटेर ४४ सय ७० रुपैयाँमा कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij