Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

  • काठमाडौं । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘शिजियान–२९ ए’ र ‘शिजियान–२९ बी’ नामका उपग्रहहरू बिहान ६ः ४० बजे (बेइजिङ समय) लङ मार्च–७ ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् ।

    AGNI GROUP

    शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक (टेस्ट) उपग्रहहरू हुन्, जसको मुख्य उद्देश्य अन्तरिक्ष लक्ष्य पहिचान र अनुगमनसँग सम्बन्धित नयाँ प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नु हो ।

    यी उपग्रहहरू लङ मार्च–७ ए रकेटमार्फत वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट कक्षामा पठाइएका हुन् र भविष्यका उन्नत अन्तरिक्ष प्रणाली विकासका लागि प्रविधिक डेटा सङ्कलनमा प्रयोग गरिन्छ । यी परीक्षणबाट प्राप्त अनुभव र डाटाले भविष्यका निगरानी, अन्तरिक्ष सुरक्षा, कक्ष व्यवस्थापन र उन्नत अन्तरिक्ष प्रणाली विकासमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यस प्रक्षेपणसँगै लङ मार्च शृंखलाका वाहक रकेटहरूको कुल उडान सङ्ख्या ६२३ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij