Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

न्युयोर्कको मेयरका रुपमा शपथ लिँदै जोहरान ममदानी

न्युयोर्कको मेयरका रुपमा शपथ लिँदै जोहरान ममदानी

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्दै ‘कम्युनिस्ट पागल’ भनेका अमेरिकी वामपन्थी युवा जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्दैछन् ।

    onlinepatrika
    Arghakhachi

    सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो सहरको नेतृत्व गर्दै शपथ लिनेछन् । उनी न्युयोर्कको पहिलो मुस्लिम मेयर बन्नेछन् ।

    AGNI GROUP

    ३४ वर्षीय डेमोक्रेट ममदानीले जीवनयापनको बढ्दो लागत, भाडा नियन्त्रण, विश्वव्यापी बाल हेरचाह र निःशुल्क सार्वजनिक यातायात जस्ता मुद्दामा सुधार गर्ने वाचा गर्दै अभियान चलाएका थिए । र जित निकालेका थिए ।

    ममदानीको तीव्र आलोचनाका बीच ट्रम्पले नोभेम्बरमा ह्वाइट हाउसमा आश्चर्यजनक रूपमा सौहार्दपूर्ण वार्ता गरेका थिए ।

    आप्रवासीमाथि ट्रम्पको बढ्दो दमनले चुनौती सिर्जना गर्ने विश्लेषकहरुले बताउँदै आएका छन् । ममदानीले आप्रवासी अधिकारको रक्षा गर्ने वाचा गरेका छन् । उनले ट्रम्पको नीतिसँग भिड्ने उनको प्रतिबद्धता छ ।

    न्युयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले ममदानीलाई शपथ गराउने छन् । बिहीबार हुने औपचारिक उद्घाटन कार्यक्रममा वामपन्थी सहयोगी सिनेटर बर्नी स्यान्डर्स र सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले भाषण दिनेछन् । सिटी हल बाहिर लगभग चार हजार पाहुना उपस्थित हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij