Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रहरीलाई ठक्कर दिएर कारसहित भारतीय नागरिक फरार

प्रहरीलाई ठक्कर दिएर कारसहित भारतीय नागरिक फरार

  • काठमाडौं । मापसे गरी गाडी हाँकिरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर भागेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा यो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।

    AGNI GROUP

    ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए । घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ । भारतीय नम्बर प्लेटको उक्त कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

    घटनापछि सो क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij