Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाण्डु । राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले कब्जा गरेर लगेपछि भेनेजुएला अहिले अमेरिकी कब्जामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएला अमेरिकाले चलाउने घोषणा गरेका छन् ।
यस्तैमा अमेरिकाले भेनेजुएलाको राष्ट्रपति नै बदलिदिएको छ। अमेरिकाले भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ। अदालतले देशको सम्प्रभुता जोगाउने सन्दर्भमा उपराष्ट्रपतिले प्रशासनिक नेतृत्व गरेर जानुपर्ने आदेश दिएको हो ।
लामो समयदेखि मदुरो प्रशासनको सबैभन्दा विश्वासपात्र र शक्तिशाली व्यक्तित्व मानिने रोड्रिगेज अहिले भेनेजुएलाको राजनीतिक केन्द्रमा उभिएकी छन् । ५५ वर्षीया डेल्सी एलोइना रोड्रिगेज गोमेज भेनेजुएलाको सत्तारूढ वामपन्थी आन्दोलनकी अनुभवी नेतृ हुन् । उनी पूर्व राष्ट्रपति ह्युगो चाभेजको बोलिभेरियन क्रान्तिबाट उदाएकी नेतृमध्ये एक हुन्। उनका बुबा सन् १९७० को बेला कम्युनिस्ट छापामार थिए ।
मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई जनवरी ४ मध्यराति अमेरिका पुर्याइएको छ। कडा सुरक्षाबीच मादुरो दम्पतीलाई विमानबाट ओरालिएको थियो। मादुरोको हातमा हतकडी लगाइएको थियो।
घटनापछि ट्रम्पले शनिबार फ्लोरिडामा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij