Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाले मदुरो दम्पती नियन्त्रण गरेकोमा चीनको निन्दा

अमेरिकाले मदुरो दम्पती नियन्त्रण गरेकोमा चीनको निन्दा

  • काठमाडौँ । चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ । चीनले एक सार्वभौम राज्यविरुद्ध अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको बताउदै मादुरोलाई पक्राउ गरेको प्रति कडा निन्दा समेत गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चीनको विदेश मन्त्रालयले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्टाउने प्रयास बन्द गर्न आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।

    AGNI GROUP

    मादुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट शनिबार पक्राउ गरी अहिले न्यूयोर्कक ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij