Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध रकम ओसारपसार गर्न भरियाको प्रयोग

अवैध रकम ओसारपसार गर्न भरियाको प्रयोग

  • काठमाडौं । स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपैयाँसहित रौतहटको परोहा नगरपालिका–१ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले सोधपुछ गर्दा रकमको स्रोतबारे बताउन नसकेपछि आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। चेकजाँचका क्रममा दिलसादबाट ३१ लाख १६ हजार रूपैयाँको पाँचवटा चेक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी गराएका छन्।

    AGNI GROUP

    पछिल्लो समय प्रदेश २ का सीमावर्ती नाकाबाट स्रोत नखुलेको रकम ओसारपसार बढेको पाइएको छ। साउनयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेश २ अन्तर्गत पर्ने सीमावर्ती नाका आसपासबाट स्रोत नखुलेको तीन करोडभन्दा बढी रूपैयाँ बरामद गरेको छ। यस धन्दामा नेपाली र भारतीयको संलग्नता पाइएको छ।

    बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपैयाँसहित पक्राउ परेका दुई भारतीयलाई आइतबार मात्रै सार्वजनिक गरेको थियो। नागरिक दैनिकमा मिथिलेश यादव, उपेन्द्र यादव र मदन ठाकुरको बाइलाइनमा यो समाचार प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij