Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेलसम्म तेल उपलब्ध गराउने बताएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि ट्रम्पले यस्तो बताएका हुन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म'ट्रूथ सोसल'मा पोस्ट गर्दै ट्रम्पले भेनेजुएलाको अन्तरिम प्रशासनले ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको तेल अमेरिकालाई दिन लागेको बताएका हुन् ।
ट्रम्पका अनुसार यो तेल बजार मूल्यमा बेचिनेछ भने त्यसबाट प्राप्त हुने रकम अमेरिकी राष्ट्रपतिको हैसियतमा उनकै नियन्त्रणमा रहनेछ। उनले उक्त रकम भेनेजुएला र अमेरिकाका जनताको हितमा प्रयोग गरिने दाबी गरेका छन् ।
एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले भने,'भेनेजुएला तेल उत्पादक राष्ट्र हुनु अमेरिकाका लागि राम्रो पक्ष हो, किनकि यसले तेलको मूल्य कम राख्न मद्दत पुर्याउँछ। 'उनले भेनेजुएलाको अमेरिकी तेल उद्योग १८ महिनाभित्र पूर्ण रूपमा सक्रिय हुने र त्यहाँ ठूलो लगानी भित्रिने विश्वास समेत व्यक्त गरेका छन् ।
ट्रम्पले १८ महिनामा तेल उद्योग सुधार्ने दाबी गरे पनि विश्लेषकहरूले भने यसमा आशंका व्यक्त गरेका छन् ।
विज्ञहरूका अनुसार भेनेजुएलाको जर्जर बनेको तेल उत्पादन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन दशौँ अर्ब डलर खर्च हुने र यस प्रक्रिया पूरा हुन कम्तीमा एक दशक लाग्न सक्ने अनुमान गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij