Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सवारी साधनको सडकमै आकस्मिक चेकजाँच

सवारी साधनको सडकमै आकस्मिक चेकजाँच

  • काठमाडौं । सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन नेपाल सरकारको वातावरण विभागले काठमाडौं उपत्यकामा सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस क्रममा आज काठमाडौं उपत्यकाको बानेश्वरदेखि माइतीघर खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो ।

    AGNI GROUP

    डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन्।यो करिब ३३–३४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डमा फेल भएका हुन् ।

    फेल भएका सवारीसाधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ । साथै नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना पनि काटेको छ ।

    वातावरण विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका अनुसार वायु प्रदूषण नियन्त्रणका प्रयासअन्तर्गत सवारीसाधनबाट निस्कने प्रदूषक तत्वको न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाल सरकारको वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा एक घण्टाको अवधिमा स्थलगत चेकजाँच गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij