Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चीनको समर्थनप्रति भेनेजुएला कृतज्ञता

चीनको समर्थनप्रति भेनेजुएला कृतज्ञता

  • काठमाडौँ । भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थनप्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बेइजिङमा पत्रकारहरूसँगको नियमित साक्षातकारमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सार्वभौम राज्य भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोत र आफ्नो क्षेत्रभित्रका सबै आर्थिक गतिविधिहरूमा पूर्ण र स्थायी सार्वभौमिकता प्राप्त गरेको बताएका छन् ।

    AGNI GROUP

    माओले अमेरिकाको अराजग कार्यहरूले गम्भीर रूपमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी भेनेजुएलाको सार्वभौमिकतामा हस्तक्षेप गर्नुका साथै भेनेजुएलाका जनताको अधिकारलाई कमजोर पारेको भन्दै चीनले संयुक्त राज्य अमेरिकाको कार्यहरूको कडा निन्दा गरहेको उनले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij