Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । लोकसेवा आयोगले उपसचिव तहको परीक्षा स्थगित गरेको छ । आयाेगले आज एक सूचना जारी गर्दै उपसचिवको परीक्षा स्थगित गरेको हो।
असोज २९ गते प्रकाशित सूचनाको विज्ञापन नं। १६६६४/१६६९१ र ०८२/८३ (आ.प्र./खुला/समावेशी) न्यायरप्रशासनरलेखापरीक्षणरसंघीय संसद सेवा, रा।प। द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित भएको आयोगले जनाएको छ ।
उपसचिवको परीक्षा माघ १० गतेदेखि २८ गते सम्मको परीक्षा कार्यक्रम आयोगको मिति २०८२/०९/२४ को निर्णयानुसार स्थगित गरिएको आयोगका उपसचिव कुलप्रसाद सापकोटाले जानकारी दिए । फागुन २१ गते प्रतिनिधिसभाकाे निर्वाचन हुने भएपछि निर्वाचन आयाेगले परीक्षा स्थगित गर्न आयोगलाई पत्र पठाएकाे थियाे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij