Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बन्दसूची सच्याउन माग गर्दै राप्रपाका असन्तुष्ट महिलाको ज्ञापनपत्र

बन्दसूची सच्याउन माग गर्दै राप्रपाका असन्तुष्ट महिलाको ज्ञापनपत्र

  • काठमाडौं । राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर होहल्ला गर्दै ‘परिवारवाद’ अन्त्यको मागसहित नाराबाजी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीले समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै महिला सङ्गठनकी सचिव चम्पा अधिकारी सहितका नेतृहरूले महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र नै बुझाएका छन् ।

    AGNI GROUP

    शुक्रबार दलबलसहित पुगेका महिला नेतृहरूले सो क्रममा परिवारवादको विरोधमा चर्को नाराबाजी गरेका थिए भने सो क्रममा प्रहरीले नै विवाद मिलाउन पुगेको एक नेताले बताए ।

    विशेष गरी समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामालाई राखिएको विषयमा उनीहरूको असन्तुष्टि रहेको बताइएको छ । सरस्वती उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् ।

    यस्तै खुश्बु ओलीले पहुँचको भरमा समानुपातिकमा आफ्नो हैसियत बनाउन खोजेको महिला नेतृहरूको भनाइ छ । पार्टीमा योगदान दिएका र समानुपातिकमा राख्नुपर्नेहरु धेरै भएपनि त्यसविपरीत पार्टी गएकाले आफूहरूले विरोधसहित ज्ञापनपत्र बुझाएको अधिकारीले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij