Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५ सय ३८ पुग्यो

इरानको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५ सय ३८ पुग्यो

  • काठमाडौँ । इरानमा सरकार विरोधी प्रदर्शनमा ५ सय ३८ जनाको मृत्यु भएको छ । जसमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी रहेका छन् । त्यस्तै अहिलेसम्म १० हजार ६ सय भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    अल जजीराले भने १ सय ९ सुरक्षाकर्मी मारिएको रिपोर्ट गरेको छ । विगत दुई हप्तादेखि जारी यी प्रदर्शनहरूमा विदेशमन्त्री अब्बास अराघचीले प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई मारेको र जिउँदै जलाएको आरोप लगाएका छन् ।

    AGNI GROUP

    अराघचीले प्रहरी अधिकारीहरूमाथि भएको आक्रमणको भिडियो पनि सेयर गरेका छन् । विरोध प्रदर्शनको बीचमा, इरानले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिदै यदि उसले आक्रमण गरेमा इरानले अमेरिकी सैनिक र इजरायललाई लक्षित गर्ने बताएको छ ।

    साथै इरानले प्रदर्शनकारीहरूलाई चेतावनी दिदै पक्राउ परेकाहरूलाई सबैभन्दा कठोर रूपमा व्यवहार गरिने र कडा सजाय दिइने बताएर प्रदर्शन दबाउन अझ कठोर हुने संकेत दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरान पहिले कहिल्यै नभएको जस्तो स्वतन्त्रताको लागि तत्पर रहेको टिप्पणी गरेका थिए । उनले अमेरिका मद्दत गर्न तयार रहेको बताउदै प्रदर्शनकारीमाथि आक्रमण भए आफुहरुले पनि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

    यसैबीच इरानी राष्ट्रपति मसूद पजगियानले संयुक्त राज्य अमेरिका र इजरायलले दंगा भड्काएर इरानमा अराजकता र अव्यवस्था फैलाउन खोजिरहेको आरोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij