Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र जारी छ । सोमबार बिहानबाट सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रस्तावहरु पेस गरेका छन् ।
ती प्रस्तावसहित अन्य विषयमाथि छलफलका लागि ९ वटा समूह गठन गरिएका छन् ।
विशेष महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार ती समूहले महामन्त्रीद्वयको प्रतिवेदन र अन्य ४ विषयमाथि समेत छलफल गर्नेछन् ।
गठित समूहले छलफलका लागि तय भएका समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन लगायतका विषयमा छलफल गरेर सुझाव दिनेछ ।
ती प्रस्तावमाथि समूहगत छलफलपछि विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्ने नेता पोखरेलले बताए । ‘हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
बन्दसत्रमा विशेष महाधिवेशनको छुट्टै कार्यविधि समेत पेस भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij